बिहीबार, साउन २, २०८२

खैरो हेरोइनसहित काठमाडौंबाट एक जना पक्राउ

काठमाडौंको चन्द्रागिरि नगरपालिका-२ नागढुंगाबाट अवैध लागूऔषध खैरो हेरोइनसहित एक जना पक्राउ परेका छन्। 
 |  आइतबार, चैत ५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, चैत ५, २०७९

काठमाडौं- काठमाडौंको चन्द्रागिरि नगरपालिका-२ नागढुंगाबाट अवैध लागूऔषध खैरो हेरोइनसहित एक जना पक्राउ परेका छन्। 

बर्दिया मधुवन गाउँपालिका–६ बस्ने २१ वर्षीय अर्जुन खत्रीलाई शनिबार प्रहरीले पक्राउ गरेको हो। 

प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले बर्दियाबाट काठमाडौं आउँदै गरेको भे१ख ३५३१ नंको बस जाँच गर्ने क्रममा उनलाई उक्त लागुऔषधसहित फेला पारी पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए। 

प्रकाशित: Mar 19, 2023| 08:23 आइतबार, चैत ५, २०७९
प्रतिक्रिया दिनुहोस्