शुक्रबार, साउन ३, २०८२

खानेपानी ट्यांकीमा 'जिपिएस'

 |  शुक्रबार, चैत ३, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत ३, २०७९

दैलेख- नौमूले गाउँपालिकाका खानेपानी ट्याङ्कीमा ‘जिपिएस’ जडित ‘अलर्ट’ राखिएका छन्। खानेपानी योजना निर्माण सम्पन्नपछि दिगो रुपमा सञ्चालन गर्नका लागि   प्रत्येक खानेपानी ट्याङ्कीमा सो उपकरण जडान गरिइएको हो। यसले उपभोक्ता समिति तथा स्थानीय तहलाई जिम्मेवार बनाउन सहयोग पुग्ने जनाएको छ। 

खानेपानी सरसफाइ तथा स्वच्छता आयोजनाले कर्णाली प्रदेशमा पहिलो पटक नौमूले गाउँपालिकाबाट ‘टेंक अलर्ट’राख्न सहयोग गरेको हो। नेपाल सरकारले फिनल्यान्ड सरकार र युरोपियन युनियनको आर्थिक एवं प्राविधिक सहयोगमा सो आयोजना कार्यान्वयनमा ल्याएको हो।  

नौमूलेको सात खानेपानी योजना र एक विद्यालय गरी ३५ स्थानमा  जिपिएस टेंक अलर्ट  राखिएका छन्।  कर्णाली प्रदेशको सुर्खेतबाट निरीक्षण गरी अवस्थाको तथ्याङ्क लिने काम भइरहेको र केही समयपछि गाउँपालिकामै अवस्था पहिचान हेर्न सकिने वास सल्लाहकार सूर्य थापाले जानकारी दिए।

कर्णाली प्रदेशमा कति खानेपानी योजना सञ्चालन छन् कति  बिग्रएका छन् र कति पूर्ण रुपमा क्षति भएका छन् त्यसको लेखाजोखा डिजिटल माध्यममा जानकारी नभएको बताइएको छ।  

आयोजनाले कर्णालीका २१ पालिकामा निर्माण सम्पन्न भएका खानेपानी योजनामा जिपिएस जडित टेंक अलर्ट जडान गर्ने जनाएको छ।

प्रकाशित: Mar 17, 2023| 18:45 शुक्रबार, चैत ३, २०७९
प्रतिक्रिया दिनुहोस्