शुक्रबार, साउन ३, २०८२

श्रीमतीको हत्या आरोपमा एक जना पक्राउ

 |  बिहीबार, चैत २, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २, २०७९

मोरङ-  श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मोरङको बेलबारी नगरपालिका-१ नक्सालबारी बस्‍ने ५७ वर्षीय हेम कर्ण महत रहेका छन्।

ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो।

पक्राउ परेका उनीमाथि थप अनुसन्धान  भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
महतले ५३ वर्षीया श्रीमती देवी महतलाई घरायसी विवादमा धारिलो हतियारले टाउँकोमा प्रहार गरी हत्या गरेको प्रहरीको आरोप छ।

प्रकाशित: Mar 16, 2023| 21:48 बिहीबार, चैत २, २०७९
प्रतिक्रिया दिनुहोस्