शुक्रबार, साउन ३, २०८२

पर्वतमा एनआईसी एशिया बैंकका कर्मचारीमाथि कुटपिट

 |  बिहीबार, चैत २, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २, २०७९

काठमाडौं- पर्वतमा एनआईसी एशिया बैंकका कर्मचारीमाथि कुटपिट भएको छ। बिहीबार पर्वतस्थित एनआईसी एशिया बैंकका शाखा प्रबन्धक बिनोद सापकोटा र कार्यकारी सहायक प्रकाश आलेमाथि कुटपिट भएको हो।

किस्ता उठाउन गएका बेला बैंकका कर्मचारीमाथी कुटपिट भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रवक्ता एवम् प्रहरी नायब उपरिक्षक मधुसुधन न्यौपानेले पुष्टी गरेका छन्।

यता बैंकका कर्मचारीमाथि भएको कुटपिटको बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले आपत्ति जनाएको छ। एक विज्ञप्ती जारी गर्दै सिबिफिनले बैंक तथा वित्तीय संस्थाका कर्मचारीमाथि आक्रमण हुनु भनेको समग्र बैंकिङ क्षेत्रमाथि नै प्रहार गर्नु सरह भएको भन्दै घटनाको घोर भत्सर्ना गरेको छ।

‘निहित स्वार्थ पूर्तिका लागि बैंकिङ जस्तो संवेदनशील एवं अत्यावश्यक क्षेत्रमाथिको ज्यादति र निमुखा कर्मचारीको ज्यानै लिने उद्देश्यसहित घटाइएका यस्ता बर्बर र आततायी घटनामा संलग्न दोषीहरुलाई हदैसम्मको कारवाही गर्न समेत नेपाल सरकार, गृह मन्त्रालय र मातहतका सुरक्षा निकायसमक्ष जोडदार माग गर्दछौं।’ विज्ञप्तीमा उल्लेख गरिएको छ।

त्यस्तै, पटक–पटक बैंकका कर्मचारीमाथि कुटपिट र आपराधिक गतिविधि हुँदा पनि राज्य मौन हुनुले राज्यको शान्ती सुरक्षा व्यवस्थाको नै खिल्ली उडाएको सिबिफिनद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ। यसरी दिनहूँ रुपमा अराजक गतिविधिले प्रसय पाउँदा समग्र सिस्टम नै बिथोलिनेप्रति चिन्ता व्यक्त गर्दै सिबिफिनले दोषिमाथि कडा कारबाही र आवश्यक सुरक्षाको माग गरेको छ।

प्रकाशित: Mar 16, 2023| 20:48 बिहीबार, चैत २, २०७९
प्रतिक्रिया दिनुहोस्