शनिबार, जेठ ४, २०८२

आजका अखबार : निर्मला पन्तको हत्यारा प्रहरी नै !

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- राजधानीबाट प्रकाशित सोमबारका राष्ट्रिय दैनिक अखबारहरुले निर्मला पन्तको हत्याका विषयमा छानविन गर्न बनेको समितिको प्रतिवेदन सार्वजनिक भएको विषयलाई मुख्य समाचार बनाएका छन् । 

गृहमन्त्रालयले आइतबार सार्वजनिक गरेको प्रतिवेदनले निर्मलाको बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा प्रहरीले पटक पटक लापरबाही र हेल्चेक्र्याइँ गरेको निष्कर्ष निकाल्दै तत्काल प्रहरीमाथि नै छानबिन गर्न सुझाव दिएको छ । प्रतिवेदनमा प्रहरीले खोजतलासमा उदासीन र प्रमाण संकलनमा लापरवाही गरेको उल्लेख छ।

छानबिन समितिले प्रहरीले नै घटनामा प्रमाण लोप गरेको तथा नक्कली प्रमाण समेत बनाएको उल्लेख गरेको छ । समितिका सदस्य कानुन उपसचिव वीरेन्द्रको केसीले यस्तो कार्य मुलुकी अपराध संहिता (२०७४) बमोजिम भएको थप राय दिएका छन्। यो रायले घटनामा प्रहरीको भूमिका मतियारका रूपमा रहेको जनाउँछ ।

घटना विवरण प्रकृतिले बलात्कार सामूहिक भएको हुन सक्ने प्रतिवेदनमा उल्लेख छ। जिल्ला प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टका छोरा किरणराज विष्टले दिएको बयान पनि शंकास्पद रहेको छानबिनको विश्लेषण छ। निर्मलाको डिएनए नमुना पनि शंकास्पद रहेको प्रतिवेदनमा उल्लेख छ । 

यसै विषयलाई मुख्य समाचार बनाउँदै आजको कान्तिपुर दैनिकले निर्मला प्रकरणबारे उच्चस्तरीय प्रतिवेदन भन्छ– प्रहरीमाथि नै छानबिन गर शीर्षकमा खबर छापेको छ । नयाँ पत्रिकाले भने छानविन समितिको प्रतिवेदनः डिएनए नमुनामै शंका शीर्षकमा खबर लेखेको छ। नागरिक दैनिकले निर्मला हत्या छानबिन प्रतिवेदन सार्वजनिकः अनुसन्धानमा प्रहरी दोषी शीर्षकमा खबर प्रकाशित गरेको छ । अन्नपूर्ण पोस्ट्ले भने निर्मला हत्या अझै रहस्यमा शीर्षकमा खबर लेखेकोे छ । 

यो विषय बाहेक आजको नयाँ पत्रिकाले जथाभावि खनिएका सडकका कारण दुर्घटना ह्वातै बढेको विषयलाई प्राथमिकताका साथ छापेको छ । पछिल्लो पाँच वर्षमा ७९ हजार दुर्घटना  भएका छन् । जसमा परेर ११ हजारको मृत्यु भएको तथ्याङमा उल्लेख छ । गतवर्ष मात्रै १८ दुर्घटना भए भने २५ सय ४१ के ज्यान गएको नयाँ पत्रिकाले लेखेको छ । 

यस्तै आजको नागरिकले पेट्रोलियम अन्वेषणमा भूसामरिक कठिनाइ शीर्षकमा मुख्य समाचारका रुपमा छापेको छ । एउटा क्षेत्रमा पेट्रोल निकाल्दा अर्को क्षेत्रमा सुक्ने सम्भावनाका कारण भारत र पाकिस्तान दुबै नेपालमा पेट्रोलियम पदार्थ निकाल्ने पहलको विपक्षमा रहेको समाचारमा उल्लेख छ । 

अन्नपूर्ण पोस्ट्ले भने संसद्को अर्थ समितिले सरकारलाई खर्च गर्ने क्षमता बढाउन निर्देशन दिएको विषयलाई पनि विशेष महत्वका साथ छापेको छ । समितिले असारमा १० प्रतिशत भन्दा बढी खर्च नगर्न निर्देशन दिएको पनि समाचारमा उल्लेख छ । 

आजको कारोबारले भने नेपालबाट ३ खर्ब जाँदा भारतबाट भित्रिन्छ १ खर्ब शीर्षकमा मुख्य समाचार छापेको छ । सहकारी संस्थाको लेखापरीक्षण निर्देशिका २०७५का विषयमा सहकारी विभाग र नेपाल चार्टर्ड एकाउन्टेन्डस् संस्थाबीच विवाद भएको विषयलाई पनि महत्वका साथ छापेको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।