शुक्रबार, साउन ३, २०८२

ट्रक र विङगर ठोक्किँदा सप्तरीमा १४ जना घाइते

सप्तरीमा ट्रक र विङगर एकआपसमा ठोक्किएर दुर्घटना हुँदा १४ जना घाइते भएका छन्।
 |  बिहीबार, चैत २, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २, २०७९

जनकपुरधाम- सप्तरीमा ट्रक र विङगर एकआपसमा ठोक्किएर दुर्घटना हुँदा १४ जना घाइते भएका छन्।

बुधबार मध्यराति सप्तरीको रुपनी गाउँपालिका-६ जगमोहनस्थित पूर्वपश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना४ख २६०८ नम्बरको ट्रक र विपरीत दिशातर्फ आउँदै गरेको बा.०१-०२८ च २२१५ नम्बरको विङगर एक आपसमा ठोक्किएर दुर्घटना भएको हो।

घाइते हुनेमा सबै विङगरमा सवार चालक र यात्री रहेका छन्। घाइेहरूमा विङगर चालक सिराहाको लहान नगरपालिका-२४ मनहरबाका ३५ वर्षीय दिलीपकुमार राम, २३ वर्षीय राकेशप्रसाद साह, साहकी श्रीमती ३० वर्षीया पिंकीकुमारी साह, छोरा वर्ष ५ का युमान साह, २० वर्षीया शीतलकुमारी साह छन्।

यस्तै लहान-१ का ४५ वर्षीय गणेश साह, उनका छोरा ६ वर्षीय अवास साह, स्थानीय ५५ वर्षी रमेशकुमार साह, उनकी श्रीमती ५० वर्षीया मुनिदेवि साह, पर्साको वीरगञ्ज महानगरपालिका-३ बस्ने ४० वर्षीय राकेशकुमार गुप्ता, उनकी श्रीमती वर्ष ३५ की अभादेवि गुप्ता, भारत बिहार सितागढी ग्राम पंचायत वर्ष २० का रोशन साह,  लहान-८ सुखिपुरकी २१ वर्षीया आरतीकुमारी साह र राकेश साहको छोरा वर्ष ८ का आरभ कुमार साह घाइते भएका छन्।

घाइतेहरूको स्थानीय युनिक अस्पतालमा उपचार भइरहेको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी नरेशकुमार सिंहले जानकारी दिए। उनका अनुसार ट्रक, ट्रक चालक र विङगर इलाका प्रहरी कार्यालय रुपनीको नियन्त्रणमा राखिएको छ।

प्रकाशित: Mar 16, 2023| 13:05 बिहीबार, चैत २, २०७९
प्रतिक्रिया दिनुहोस्