शुक्रबार, साउन ३, २०८२

भोटेकोसीमा खसेर एक युवक बेपत्ता

कोदारी राजमार्गको चाकु झ्याले भिरबाट भोटेकोसीमा खसेर एक युवक बेपत्ता भएका छन्।
 |  बिहीबार, चैत २, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २, २०७९

सिन्धुपाल्चोक- कोदारी राजमार्गको चाकु झ्याले भिरबाट भोटेकोसीमा खसेर एक युवक बेपत्ता भएका छन्। त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर–३ धुस्कुन चाम्बोटेका २१ वर्षीय अमृत थामी बेपत्ता भएकोमा उनको खोजी जारी रहेको हो। 

जिल्ला प्रहरी कार्यालय चौताराका अनुसार थामी मंगलबार दिउँसोतिर साइकलमा चढेर चाकुतर्फ जाँदै गर्दा ब्रेक फेल भएर झ्याले भिरको छेउको भागमा ठोक्किएर ५० मिटर तल खसेको देखेको स्थानीयले बताएका छन्। महभिरको झ्याले भिरखण्डको सडकमा बेपत्ता थामीको साइकल र चप्पल भेटिएको प्रहरीले जनाएको छ।

घटना थाहा पाएयता इलाका प्रहरी बाह्रबिसेका प्रहरी निरीक्षक मुकेश न्यौपानेको अगुवाइमा सुरक्षाकर्मीसहित सशस्त्र प्रहरी बल,इलाका प्रहरी कोदारीका प्रहरी र बेपत्ताका आफन्त उद्धारमा खटिएका छन्।
 

प्रकाशित: Mar 16, 2023| 10:46 बिहीबार, चैत २, २०७९
प्रतिक्रिया दिनुहोस्