काठमाडौं- काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा आज दिउँसो पानी पर्ने पूर्वानुमान गरिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौंसहित देशका विभिन्न भागमा वर्षाको सम्भावना रहेको हो।
काठमाडौंमा दिउँसो १/२ बजेपछि पानी पर्ने सम्भावना रहेको महाशाखाको भनाइ छ। बिहान ११ बजेसम्म मौसम सफा रहे पनि त्यसपछि मौसममा खराबी देखिने महाशाखाले जनाएको छ।
अहिले प्रिमनसुनको समय भएको र यो अवधिमा अपराह्नतिर पानी पर्ने सम्भावना बढी हुने उनले बताए । यो समयमा विभिन्न स्थानमा क्षणिक वर्षाको सम्भावना बढी हुने उनको भनाइ छ।
काठमाडौंमा आज ठूलो हावाहुरी चल्ने सम्भावना भने छैन। हाल देशमा स्थानीय वायु तथा पश्चिमी वायुको सामान्य प्रभाव रहेको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। पहाडी भू–भागका थोरै स्थानहरू तथा तराई भू–भागका एक–दुई स्थानमा अपराह्नतिर मेघगर्जन/चट्याङसहित क्षणिक/हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
राति पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।