शुक्रबार, साउन ३, २०८२

चितवनको वाल्मीकी आश्रममा बृहत् रामायण ज्ञान महायज्ञ हुने

 |  बुधबार, चैत १, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, चैत १, २०७९

चितवन- चितवनको माणीस्थित वाल्मीकि आश्रममा रामायण ज्ञान महायज्ञ हुने भएको छ। आश्रमको प्रचारप्रसार र धार्मिक जागरणका लागि ज्ञान महायज्ञ हुने आयोजकले जनाएको छ। 

धार्मिक पर्यटकीय स्थल वाल्मीकि आश्रमको प्रचारप्रसारको लागि रामायण ज्ञान महायज्ञ सञ्चालन गर्न यसपुर्व नै सर्वपक्षीय भेला सम्पन्न भैसकेको विश्व सनातन धर्म पुनर्स्थापना जिल्ला समिति विनयी त्रिवेणीले जनाएको हो।

भेलामा विश्व सनातन धर्म पुनर्स्थापना मूल समिति काठमाडौका अध्यक्ष दीपक रायमाझीले मर्यादा पुरुषोत्तम श्रीराम तथा जगत जननी सिताको धर्ती प्रवेश स्थल रहेको वाल्मीकि आश्रममा नै भगवान राम पुत्र लव, कुशको जन्मथलो भएर पनि आश्रम ओझेलमा परेबाट रामायण ज्ञान महायज्ञको आयोजना गरिएको बताए।

त्रेता युगमा भगवान रामले जगत जननी सीतालाई त्याग पछि वाल्मीकि आश्रममै जीवन बिताउँदै भगवान राम पुत्र लव, कुशको जन्म र शिक्षादीक्षा प्राप्त गरेको धार्मिक भनाइ रहेको छ। हाल यो स्थल ओझेल र राज्यको नजर नपुगेको मानिन्छ। २०५४ साल चैत्रमा राम नवमीको अवसर पारि सीता माताको मन्दिर शिलान्यास गरी २०५६ साल चैत्र ३० गते धार्मिक विधि अनुसार प्राण प्रतिष्ठा पछि हालसम्म पनि राम नवमीमा वार्षिक पूजाआजाको कार्यक्रम हुँदै आएको मूल समितिका कोषाध्यक्ष कमल उपाध्यायले जानकारी दिए।

मूल समिति काठमाडौंका उपाध्यक्ष यमराज थानीले वाल्मीकि आश्रमलाई गुरु योजना अनुसार सुरक्षा र विकास गर्न आउँदो चैत्र ८ गतेदेखि १६ गतेसम्म रामायण ज्ञान महायज्ञ गरिने जानकारी दिँदै आश्रममा देखा परेको विद्यमान समस्या खानेपानी, शौचालय, बाटोघाटो, विधुत तथा अन्य पुर्वधार तयार पार्न स्थानीय सरकारलाई पनि अनुरोध गरिएको बताए।

विश्व सनातन धर्म पुनर्स्थापना मूल समितिको मुख्य एजेन्डा मध्ये एक आश्रम पुग्न झोलुङ्गे पुलको निर्माण भइसकेकोले अन्य पुर्वधार पूरा नभएको अवस्थामा मूल समिति र जिल्ला उपसमितिको सक्रियता बढ्दै जानुलाइ आश्रममा हुने विकास र धार्मिक चेतनाको अभिवृद्धि भएको पाइन थालेको छ।

प्रकाशित: Mar 15, 2023| 18:50 बुधबार, चैत १, २०७९
प्रतिक्रिया दिनुहोस्