शुक्रबार, साउन ३, २०८२

बैंकिङ कसुरका फरार प्रतिवादी खलंगाबाट पक्राउ

 |  बुधबार, चैत १, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, चैत १, २०७९

जाजरकोट- बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्। जाजरकोटको कुशे गाँउपालिका-८ निवासी ३६ वर्षका निरञ्जन रोकायालाई बैकिंग कसुर मुद्दामा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रेमकुमार राउदको जाहेरीमा उच्च अदालत पाटन ललितपुरबाट गत माघ २४ गते पक्राउ अनुमति जारी भएको थियो। सोही आधारमा जाजरकोट प्रहरीले सदरमुकाम खलंगाबाट उनलाई पक्राउ गरेको जनाएको छ।

पक्राउ परेका रोकायालाई आवश्यक कारवाहीका लागि बुधबार जिल्ला प्रहरी परिसर टेकु काठमाडौं पठाइएको प्रहरी नायव उपरीक्षक सन्तोष रोका मगरले जानकारी दिए।

प्रकाशित: Mar 15, 2023| 18:21 बुधबार, चैत १, २०७९
प्रतिक्रिया दिनुहोस्