शुक्रबार, साउन ३, २०८२

विमान दुर्घटना जाँच आयोगको म्याद डेढ महिना थप

पूर्वसचिव नागेन्द्र घिमिरे संयोजकत्वको पाँच सदस्यीय विमान दुर्घटना जाँच आयोगले सुरुको ४५ दिनमा प्रारम्भिक प्रतिवेदन बुझाए पनि काम नसकिएपछि पुनः म्याद थप। 
 |  बुधबार, चैत १, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, चैत १, २०७९

काठमाडौं– गत १ माघमा काठमाडौंबाट पोखराका लागि उडेको यती एयर विमान दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन सरकारले गठन गरेको जाँचबुझ आयोगको म्याद डेढ महिना थप भएको छ।

मंगलबारको मन्त्रिपरिषद् बैठकले आयोगको म्याद ४५ दिन थपेको सरकारका प्रवक्तासमेत रहेकी सञ्चारमन्त्री रेखा शर्माले बुधबार आयोजित पत्रकार सम्मेलनमा बताएकी हुन्।

काठमाडौंबाट पोखराका लागि उडेको यती एयरको विमान दुर्घटना हुँदा त्यसमा सवार चालक दलका सदस्यसहित ७२ यात्रुले ज्यान गुमाएका थिए।

सरकारले १ माघमा पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा हवाई विज्ञ सम्मिलित पाँच सदस्यीय विमान दुर्घटना जाँच आयोग गठन गरेको थियो। सुरुमा दिइएको ४५ दिने समयावधिमा आयोगले प्रारम्भिक प्रतिवेदन सरकारसमक्ष पेस गरेको थियो। 

आयोगले ३ फागुनमा सरकारलाई बुझाएको प्रारम्भिक प्रतिवेदनमा दुर्घटनाको १४ सेकेन्डअघि को–पाइलट अञ्जु केसीबाट प्रशिक्षक पाइलट कमल केसीले कमान्ड लिएको उल्लेख गरेको थियो। जाँच आयोगले थप काम गर्नुपर्ने बताएपछि म्याद थप गरिएको मन्त्री शर्माको भनाइ छ।

प्रकाशित: Mar 15, 2023| 16:38 बुधबार, चैत १, २०७९
प्रतिक्रिया दिनुहोस्