शुक्रबार, साउन ३, २०८२

हेटौंडामा बिजुलीका तार जमिनभित्र हुलिँदै

 |  बुधबार, चैत १, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, चैत १, २०७९

मकवानपुर- बाग्मती प्रदेशको राजधानी हेटौंडामा रहेको विद्युतीय तारलाई भूमिगत गर्ने निर्णय गरिएको छ। 

हेटौँडा उपमहानगरपालिकाको २०औँ कार्यपालिका बैठकले यहाँको मुख्य बजार क्षेत्रका खम्बामा रहेका तारलाई भूमिगत गर्ने निर्णय गरेको छ। यो निर्णयसँगै  हेटौँडा नगर क्षेत्रबाट बिस्तारै खम्बा र तार विस्थापित गरिने बताइएको छ।
 
उपमहानगरपालिकाअनुसार वडा नं १, २, ४, ५ र १० का विभिन्न स्थानका खम्बामा रहेका तारलाई भूमिगत गरिने छ। तार व्यवस्थापनका लागि नेपाल विद्युत् प्राधिकरणलाई कार्यपालिकाको बैठकले गरेको निर्णयसँगै सिफारिसपत्रसमेत पठाउने तयारी रहेको नगरप्रमुख मीनाकुमारी लामाले बताए।
 

प्रकाशित: Mar 15, 2023| 21:31 बुधबार, चैत १, २०७९
प्रतिक्रिया दिनुहोस्