शुक्रबार, साउन ३, २०८२

शीतलनिवासले सच्यायो राष्ट्रपति रामचन्द्रको तस्बिर

राष्ट्रपति पौडेलको तस्बिर सम्पादन गरेर वेबसाइटमा राखेपछि आलोचना खेपेको शीतलनिवासले दुई दिनमै फेरेको हो।
 |  बुधबार, चैत १, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, चैत १, २०७९

काठमाडौं– २९ फागुनमा पदको सपथ लिएलगत्तै शीतलनिवासले राष्ट्रपति रामचन्द्र पौडेलको तस्बिर वेबसाइटमार्फत सार्वजनिक गरेपछि आलोचनाको पात्र बन्न पुग्यो।

राष्ट्रपति कार्यालय शीतलनिवासले मुलुकभरका सरकारी कार्यालयमा झुन्ड्याउने प्रयोजनार्थ राष्ट्रपति पौडेलका दुवै गालामा रहेका कोठी हटाएर बनिबनाउ तस्बिर सार्वजनिक गरेपछि आलोचित भएको हो। 

तर बुधबार राष्ट्रपति कार्यालय शीतलनिवासले वेबसाइटमा राष्ट्रपति पौडेलको पुरानो तस्बिर हटाएर नयाँ राखेको हो। पछिल्लो तस्बिरमा  राष्ट्रपति पौडेलका दुवै गालाको कोठी देख्न सकिन्छ।

राष्ट्रपति पौडेलको तस्बिर इडिट गरेर वेबसाइटमा राखेपछि आलोचना खेपेको शीतलनिवासले दुई दिनमै फेरेको हो। कार्यालयले आफ्नो वेबसाइटमा त्रुटिवश तस्बिर राखिएको बताएको छ।

प्रकाशित: Mar 15, 2023| 15:21 बुधबार, चैत १, २०७९
प्रतिक्रिया दिनुहोस्