सोमबार, जेठ २७, २०८२

तोलामा १६ सयले बढ्यो सुनको मूल्य

नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा १ हजार ६०० रुपैयाँले बढेको छ।
 |  मंगलबार, फागुन ३०, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन ३०, २०७९

काठमाडौं- नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा १ हजार ६०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला १ लाख ५ हजार ७०० रुपैयाँ कायम भएको छ। 

यसअघि, सोमबार छापावाल सुन तोलाको १ लाख ४ हजार १०० रुपैयाँमा कारोबार भएको थियो। यसैगरी, तेजाबी सुनको मूल्य तोलाको १ लाख ५ हजार २०० रुपैयाँ निर्धारण भएको छ। सोमबार तेजाबी सुनको भाउ तोलाको १ लाख ३ हजार ६०० रुपैयाँ निर्धारण भएको थियो। 

यता, मंगलबार चाँदीको भाउ पनि तोलामा ५५ रुपैयाँले बढेर १३ सय रुपैयाँ कायम भएको छ। मंगलबार चाँदीको भाउ १२ सय ५५ रुपैयाँ कायम रहेको थियो।

प्रकाशित: Mar 14, 2023| 11:54 मंगलबार, फागुन ३०, २०७९
प्रतिक्रिया दिनुहोस्