सोमबार, जेठ २७, २०८२

सात बुँदे माग राखेर सडकमा उत्रिए व्यवसायी

 |  आइतबार, फागुन २८, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २८, २०७९

निजी क्षेत्रका विभिन्न संघसंस्थाले बैंक तथा वित्तीय संस्थाको ब्याजदर घटाउन माग गर्दै आन्दोलन सुरु गरेका छन्। सात बुँदे मागसहित उनीहरुले आइतबार राजधानीको माइतीघरमा प्रदर्शन गरेका हुन्।

एक वर्षदेखि बैंक तथा वित्तीय संस्थाले ब्याजमा गरेको अप्राकृतिक वृद्धि लगायत विभिन्न विषयमा सरकार, नियामक निकाय र बैंक तथा वित्तीय संस्थालाई ध्यानाकर्षण गराउँदै विभिन्न क्षेत्रका व्यापारीहरुले प्रदर्शन गर्दै आएका छन्। केही समय सुस्ताएको आन्दोलन सरकारले माग सुनुवाइ नगरेको भन्दै फेरि सुरु भएको हो।

यस्ता छन् माग
- एकल अंकको ब्याजदर कायम हुनुपर्ने, उद्योग र व्यापारमा २ प्रतिशत फरक हुनुपर्ने
- आधार दरमा प्रिमियम बढीमा २ प्रतिशत मात्र थप हुनुपर्ने
- चालु पुँजी निर्देशिका खारेज गरी व्यवहारिक बनाइनुपर्ने
- विभिन्न वित्तीय  सेवा शुल्कहरु कम गरी सर्वसाधारणलाई  सेवा ५० प्रतिशत निःशुल्क गर्नुपर्ने
- हालको असहज अवस्थाका कारण कर्जाहरुको पुनःसंरचना र पुन:तालिकीकरण गर्न पाउनुपर्ने 
- संस्थागत व्याजदर बचत ब्याजसम्म कायम हुनुपर्ने
- स्प्रेड दर बढीमा २ प्रतिशत र आधार दर बेस रेट गणना तरिका सार्वजनिक गरिनुपर्ने

प्रकाशित: Mar 12, 2023| 14:32 आइतबार, फागुन २८, २०७९
प्रतिक्रिया दिनुहोस्