आइतबार, साउन ५, २०८२

श्रीमान‍्को कुटाइबाट जुम्लामा श्रीमतीको मृत्यु

जुम्लामा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु भएको छ।
 |  आइतबार, फागुन २८, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २८, २०७९

काठमाडौं- जुम्लामा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु भएको छ।

जुम्लाको तिला गाउँपालिका-४ नुवाकोटका ४७ वर्षीय आइते सार्कीले आफ्नी २१ वर्षीया श्रीमती ममता नेपालीलाई कुटपिट गर्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।

श्रीमान् आइतेलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। मृतक ममताको शव पोष्टमर्टमका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ।

श्रीमान् आइतेले कुटपिट गर्दा ममता बेहोस भएकी थिइन्। उक्त कुरा आइतेले प्रहरीसँगको प्रारम्भिक बयानमा बताएका छन्।
 

प्रकाशित: Mar 12, 2023| 09:47 आइतबार, फागुन २८, २०७९
प्रतिक्रिया दिनुहोस्