सप्तरी- सप्तरीमा विद्युत् चुहावट गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाल विद्युत् प्राधिकरणका कर्मचारीको संयुक्त टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा विष्णु यादव, देव कुमार यादव, रामपृत यादव, जपेलाल यादव र महेन्द्र खङ्ग खत्वे रहेका छन्।
पक्राउ परेकाहरूलाई विघुत् चुहावट अन्तर्गत कारबाही स्वरुप जरिबाना तिराएर छाडिने नेपाल विघुत् प्राधिकरण शाखा राजविराजले जनाएको छ।