आइतबार, साउन ५, २०८२

धनगढीका पत्रकार ऐरमाथि आक्रमण

पत्रकार शेरबहादुर ऐरमाथि आक्रमण भएको छ।
 |  आइतबार, फागुन २८, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २८, २०७९

धनगढी- पत्रकार शेरबहादुर ऐरमाथि आक्रमण भएको छ। शनिबार राति करिव १० बजेतिर धनगढीस्थित रुबस होटल बाहिर उनीमाथि आक्रमण भएको हो। 

आक्रमणमा परी ऐरको टाउकोमा गहिरो चोट लागेको छ। धारिलो हतियारले उनीमाथि प्रहार हुँदा उनी घाइते भएका हुन्।

'म राति १० बजेतिर बाहिर निस्किएको थिए। सोही बेला पछाडिबाट मेरो टाउकोमा कसैले प्रहार गर्‍यो। त्यसपछि के-के भयो मैले होसै गुमाए,' नेपाल समयसँग कुरा गर्दै पत्रकार ऐरले भने।

समाचारको विषयलाई लिएर अस्पताल व्यवसायी तथा औषधि व्यवसायीहरुले पत्रकार ऐनमाथि आक्रमण गरेको हुन सक्ने अनुमान गरिएको छ। कैलाली प्रहरीलाई मौखिक जानकारी दिइएको छ। आइतबार घटनाको विषयमा थप अनुसन्धान हुने पत्रकार महासंघले बताएको छ।

प्रकाशित: Mar 12, 2023| 08:55 आइतबार, फागुन २८, २०७९
प्रतिक्रिया दिनुहोस्