दैलेख- दैलेखबाट कालीकोट जाँदै गरेको ट्र्याक्टर दुर्घटना हुँदा चालकको ज्यान गएको छ।
आज दिउँसो भएको दुर्घटनामा नौमुले गाउँपालिका–३ द्वारीकाका २८ वर्षीय शशिराम पुन मगरको ज्यान गएको हो।
निर्माण सामग्री लिएर दैलेख सदरमुकामबाट कालीकोटको डिल्लीकोट जाँदै गर्दा ना७त ४४७७ नम्बरको ट्र्याक्टर नौमुले गाउँपालिका–२ गेरुपानीको भिरबाट खसेको प्रहरीले जनाएको छ।