सोमबार, साउन ६, २०८२

कुटपिट र चक्कु प्रहारबाट रौतहटमा दुईको मृत्यु 

रौतहटको राजदेव र मौलापुर नगरपालिकामा भएको कुटपिट र चक्कु प्रहारबाट दुई जनाको ज्यान गएको छ।
 |  शनिबार, फागुन २७, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, फागुन २७, २०७९

रौतहट- रौतहटको राजदेव र मौलापुर नगरपालिकामा भएको कुटपिट र चक्कु प्रहारबाट दुई जनाको ज्यान गएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको जनाएको छ। 

राजदेवी नगरपालिका–१ पथरा टोलका २५ वर्षीय गजेन्द्र दासको कुटपिटबाट मृत्यु भएको प्रहरीको भनाइ छ। त्यस्तै जिल्लाको मौलापुर नगरपालिकाको पथराबुधरामका ४१ वर्षीय नरेश महतोको चक्कु प्रहारबाट मृत्यु भएको छ।

पथराबुधराम टोलमा यही बिहीबार दिउँसो मदिरा सेवन गरेर स्थानीय सञ्जय महतो र नरेशबीच विवाद हुँदा सञ्जयले नरेशमाथि चक्कु प्रहार गरेका थिए । चक्कु प्रहारबाट गम्भीर घाइते नरेशको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार सम्भव नभएपछि थप उपचारका लागि वीरंगन्ज लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरीले जनाएको छ। ढिलागरी सूचना प्राप्त भएको भन्दै प्रहरीले दुवै घटना अहिलेसम्म सार्वजनिक गरेको छैन।

मौलापुर घटनामा संलग्न रहेको आरोपमा आरोपित सञ्जयसहित ५ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको प्रहरीले जनाएको छ।

राजदेवी घटनामा मृतक परिवारका अनुसार गएको बुधबार होलीको दिन स्थानीय गणेश यादव सहितका तीन जनाको समूहले गजेन्द्र दासलाई कुटपिट गरेका थिए । घटनापछि यादव सहितका समूह फरार छन् । कुटपिटबाट सख्त घाइते दासको यही बिहीबार साँझ मृत्यु भएको प्रहरीले जजनाएको छ। 

दासको घरमै मृत्यु भएपछि मात्र प्रहरीलाई खबर गरेका थिए। 

प्रकाशित: Mar 11, 2023| 19:12 शनिबार, फागुन २७, २०७९
प्रतिक्रिया दिनुहोस्