मंगलबार, साउन ७, २०८२

धनगढीमा मनाइयो डेउडा दिवस

डेउडा प्रतिष्ठान केन्द्रीय समितिको आयोजनामा धनगढीमा डेउडा दिवस मनाइएको छ। 
 |  बिहीबार, फागुन २५, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २५, २०७९

धनगढी- डेउडा प्रतिष्ठान केन्द्रीय समितिको आयोजनामा धनगढीमा डेउडा दिवस मनाइएको छ। 

डेउडा प्रतिष्ठानका केन्द्रीय अध्यक्ष दलबहादुर बोगटीको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथि बरिष्ठ डेउडा गायिका डिक्रादेवी बादी रहेकी थिइन्। डेउडा प्रतिष्ठानको स्थापना दिवसलाई डेउडा दिवसका रुपमा मनाउने अघिल्लो साधारणसभाको निर्णय बमोजिम डेउडा दिवस मनाइएको संस्थाका वरिष्ठ उपाध्यक्ष सुरत रावत (डोटेली कान्छा)ले बताए।

उनले डेउडा प्रतिष्ठानलाई एकेडेमी रूपमा अघि बढाउन काली-कर्णालीका जिल्ला (सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश) शाखा विस्तार पश्चात वृहत्त सम्मेलन गरिने बताए। 

कार्यक्रममा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्वपरिषद् सदस्य वरिष्ठ लोक डेउडा गायक यज्ञराज उपाध्याय, सुदूरपश्चिम साहित्य समाजका निवर्तमान अध्यक्ष रामलाल जोशी, गीतकार साहित्यकार राजेन्द्र शाह विपी, साहित्यकार धनराज पण्डित, महिलानेतृ धनगढी उपमहानगरपालिका पूर्वकार्यपालिका सदस्य रत्ना बिष्टलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

प्रकाशित: Mar 09, 2023| 11:42 बिहीबार, फागुन २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार