सोमबार, जेठ २७, २०८२

नेवानिको विमान लिएर युएई उडे दुई महिला पाइलट

नेवानिले अन्तर्राष्ट्रिय महिला दिवस अवसर पारेर नेपाली महिला पाइलटलाई युएई उडानमा सहभागी गराएको हो।
 |  बुधबार, फागुन २४, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, फागुन २४, २०७९

काठमाडौं– नेपाल वायुसेवा निगमका दुई महिला पाइलटले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट युएईका लागि अन्तर्राष्ट्रिय उडान भरेका छन्। नेवानिले अन्तर्राष्ट्रिय महिला दिवस अवसर पारेर नेपाली महिला पाइटललाई युएई उडानमा सहभागी गराएको हो।

पाइलट भावना गिरी पन्त र को–पाइलट सिर्जना राउतको टोलीले उडान भरेको नेवानिले जनाएको छ। एयरबस ३२० जहाजमा पाइलट, को–पाइलट र एयर होस्टेस सबै महिला रहेका थिए।

बुधबार यूएईबाट काठमाडौंका लागि बिहान ४ बजेर ५५ मिनेट जाँदा उडेको उक्त जहाजमा सबै क्रु मेम्बर महिला रहेको निगमले बताएको छ।

जहाज बुधबार बिहान ९ बजेर ५५ मिनेट जाँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिसकेको छ। एयर होस्टेसमा बास्ना राना, पुरअन्जक महर्जन, संगीता केसी र अनिशा प्रजापति रहेका छन्।

निगमका सहायक प्रवक्ता गणेशकुमार घिमिरेका अनुसार नेपालको अन्तर्राष्ट्रिय उडान इतिहासमा यो नै सबै क्रु मेम्बर महिला भएको पहिलो उडान हो।

प्रकाशित: Mar 08, 2023| 10:30 बुधबार, फागुन २४, २०७९
प्रतिक्रिया दिनुहोस्