सोमबार, जेठ २७, २०८२

सडक बत्तीको महसुल भुक्तानी गर्न प्राधिकरणको ताकेता

प्राधिकरणले आफूखुसी सडक बत्ती जडान नगर्न र तत्काल मिटर जडान गरेर बक्यौता महसुल तिर्न आग्रह गरेको हो। 
 |  मंगलबार, फागुन २३, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २३, २०७९

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले विद्युत् महसुल बक्यौतामा ठूलो हिस्सा सडक बत्तीको रहेकाले तत्काल भुक्तानी गर्न निर्देशन दिएको छ।

मंगलबार सूचना जारी गर्दै प्राधिकरणको सहमति नलिई आफूखुसी सडक बत्ती जडान नगर्न, जडित सडक बत्तीको विद्युत् खपत मापन गर्न, तत्काल मिटर जडान गर्न र बक्यौता महसुल तिर्न आग्रह गरेको हो। 

‘सडक बत्तीको विद्युत् शक्ति मापन हुन नसक्दा र मापन गरिएको विद्युत् खपतको समेत महसुल भुक्तानी नहुँदा प्राधिकरणले ठूलो नोक्सानी बेहोर्नु परेको छ। सडक बत्तीको बाँकी बक्यौता विद्युत् महसुल शीघ्र भुक्तानी गरिदिनुहोला। प्राधिकरणको सहमति नलिई प्राधिकरणले विद्युत् लाइनबाट सडक बत्ती जडान नगर्नुहोला’, सूचनामा भनिएको छ।

प्रकाशित: Mar 07, 2023| 16:28 मंगलबार, फागुन २३, २०७९
प्रतिक्रिया दिनुहोस्