सोमबार, जेठ २७, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • एफवान सफ्ट २० औं वर्षमा, थप परिस्कृत प्रविधिमा जोड दिने

एफवान सफ्ट २० औं वर्षमा, थप परिस्कृत प्रविधिमा जोड दिने

 |  मंगलबार, फागुन २३, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २३, २०७९

प्रविधि मार्फत डिजिटल वित्तीय सेवा प्रदान गर्दै आएको नेपालको अग्रणी फिनटेक कम्पनी एफवान सफ्ट इन्टरनेशनल २० औँ वर्षमा प्रवेश गरेको छ।

डिजिटल वित्तीय सेवा पुर्याउने उद्देश्यले सन् २००४ को मार्च ६ तारिखबाट कम्पनीले आफ्नो सेवा सुरू गरेको थियो। १९ वर्षको अवधिमा कम्पनी नेपालको ठूलो र अग्रणी आइटी कम्पनीका रूपमा स्थापित हुन सफल भएको हो। कम्पनीले वित्तीय क्षेत्रमा आवश्यक पर्ने सबैखाले प्रविधिको निर्माण गर्दै आएको छ।

सुरूमा एसएमएस बैंकिङबाट आफ्नो सेवा स्थापना गरेको कम्पनीले हाल वित्तीय क्षेत्रलाई अवश्यक पर्ने इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, भाइबर बैंकिङ, फोनलोन जस्ता निकै रूचाइएका प्रविधिहरू निर्माण गरिसकेको छ। यस्तै एफवान सफ्टले इसेवा र फोनपे जस्ता मोबाइल मार्फत हुने भुक्तानीको समेत विकास गरेको छ। कम्पनीमा हाल १ हजार २ सय भन्दा बढि दक्ष जनशक्तिले रोजगारी पाएका छन्। यो २० वर्षको अवधिमा कम्पनीले नेपालको डिजिटल फाइनान्सियल क्षेत्रमा टेवा पुर्याउन ठुलो भूमिका खेलेको छ।

१९ वर्ष पूरा भइ २० औँ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा एफवान सफ्ट इन्टरनेशनलका प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले भने, ‘एफवान सफ्टले निर्माण गर्ने प्रविधिले आम मानिसको दैनिकी सहज बनाओस् र त्यसको फाइदा मुलुको अर्थतन्त्रलाई पुगोस् भन्ने दृष्टिकोण राखेर हामीले प्रविधि निर्माण गछौँ। हामीले डिजिटल नेपाल बनाउँदै इकोनोमीलाइ नै डिजिटलाइज गरि देशको जिडिपीमा ठुलो योगदान दिन सकौँ भन्ने उदेश्य राखेका छौँ। यसका लागि हामीले आगामी दिनमा अझ मिहिनेतका साथ अत्याधुनिक प्रविधि निर्माणमा सशक्त रूपमा लाग्नेछौँ।’

एफवान सफ्ट ग्रुप अन्तरगत हाल एक दर्जन बढी कम्पनी सञ्चालनमा छन्। एफवान सफ्ट ग्रुप अन्तरगत इसेवा, फोनपे, इसेवा मनि ट्रान्सफर, दियालो टेक्नोलोजी, कोजेन्ट हेल्थ, लोजिका जस्ता प्रविधिमा अग्रणी कम्पनी सञ्चालित छन्। यी कम्पनीले वित्तीय क्षेत्र बाहेक स्वास्थ्य, शिक्षा तथा अन्य विभिन्न क्षेत्रलाई डिजिटलाइज गर्ने उदेश्यले सफ्टवेयर निर्माण गर्ने गर्दछन्।


 

प्रकाशित: Mar 07, 2023| 13:56 मंगलबार, फागुन २३, २०७९
प्रतिक्रिया दिनुहोस्