सोमबार, जेठ २७, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • जिओ फोर्डद्वारा नेपाली बजारमा नेक्स्ट-जेन फोर्ड एभरेष्ट सार्वजनिक

जिओ फोर्डद्वारा नेपाली बजारमा नेक्स्ट-जेन फोर्ड एभरेष्ट सार्वजनिक

 |  बिहीबार, फागुन १८, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १८, २०७९

काठमाडौं- जि.ओ. अटोमोबाइल्स प्रा.लि (जि.ओ फोर्ड) ले नेपाली बजारमा नयाँ संस्करणको नेक्स्ट जेन फोर्ड एभरेष्ट भित्राएको छ। शक्तिवान, परिष्कृत र रोमाञ्चक ड्राइभलाई मध्यनजर गरी बनाईएको यस एसयूभीमा असाधारण आराम, ग्राहक केन्द्रित टेक्नोलोजीका साथ एड्भेन्चर रेडी फिचरहरु पनि रहेको छ।

नेक्स्ट जेन फोर्ड एभरेष्ट नेपालमा २.० लि. बाई टर्बो डिजेल ईन्जिनमा १०–स्पीड अटोमेटिक ट्रान्समिसनका साथ उपलब्ध छ। यसले २१० पी.एस.पावर र ५०० एन.एम टर्क प्रदान गर्दछ।

जि.ओ. अटोमोवाईल्सका प्रबन्ध निर्देशक आकाश गोल्छाले भने– ‘नेक्स्ट जेन फोर्ड एभरेष्ट उत्कृष्ट क्षमताहरुका साथ प्रभावशाली सुविधायुक्त एक नवीनतम तथा असल एसयुभी हो। यसले नेपाली ग्राहक तथा एड्भेन्चर प्रेमीहरुले अपेक्षा गरे भन्दा माथि उत्रिन सफल हुनेछ। यसको परिष्कृत मुल्यले नेक्स्ट–जेन एभरेष्ट धेरै नयाँ ग्राहकहरुको ईच्छाएको र छनौटको एसयुभी बन्नेमा हामी विश्वस्त छौँ। 

बाहिरबाट शक्तिवान, भित्री आरामदायी 

पूर्ण चौडाईको कोस्ट–टू–कोस्ट इन्स्ट्रुमेन्ट प्यानल र सेन्टर कन्सोलद्वारा विस्तारित फराकिलोपनको आभास दिदैँ, नेक्स्ट–जेन एभरेष्टले आरामदायी र सुविधाजनक ड्राइभको लागि वायरलेस चार्जिङ र इलेक्ट्रिक पार्किङ ब्रेक जस्ता अन्य धेरै सुविधाहरू प्रदान गर्दछ। दुबै दोस्रो र तेस्रो पङ्क्तिको सीटहरू सुरक्षित लामो यात्राको लागि फ्ल्याट फोल्ड डिजाइन गरिएको छ। फोर्डको ग्लोबल डिजाइन डीएनए अन्तर्गत सी–क्ल्याम्प हेडल्याम्प र बलियो तेर्सो माथिल्लो ग्रिल बारमा प्रतिबिम्बित हुन्छ। अगाडिको छेउमा तेर्सो र ठाडो तत्वहरूको मिश्रणले यसको उपस्थितिलाई थप दरिलो बनाउँछ। 

नेक्स्ट–जेन फोर्ड एभरेष्ट आकर्षित र साहसिक यात्राको लागि यसको केन्द्रिय क्षमताको साथ डिजाइन गरिएको छ। प्रिमियम स्तरको कला कौशलले भित्री भाग बनाईएको छ जसमा सात जना सम्म लाई शान्त र परिष्कृत वातावरणका साथै उत्कृष्ट प्रविधि र सुरक्षाले प्रत्येक यात्रालाई थप यादगार बनाउँछ। 

प्रकाशित: Mar 02, 2023| 22:30 बिहीबार, फागुन १८, २०७९
प्रतिक्रिया दिनुहोस्