आइतबार, साउन १२, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • सिद्धार्थ र प्रिमियर इन्स्योरेन्स मर्जरपछि एकीकृत कारोबार 

सिद्धार्थ र प्रिमियर इन्स्योरेन्स मर्जरपछि एकीकृत कारोबार 

 |  बिहीबार, फागुन १८, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १८, २०७९

काठमाडौं- सिद्धार्थ र प्रिमियर इन्स्योरेन्सबीचको एकीकृत कारोबार सुरु भएको छ।

काठमाडौंमा एक मर्जर कार्यक्रम गर्दै बुधबारबाट सिद्धार्थ र प्रिमियर दुई इन्स्योरेन्सले एकीकृत कारोबार सुरु गरेको हो। एकीकृत कारोबारको शुभारम्भ बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले गरे। उनले सिद्धार्थ र प्रिमियर इन्स्योरेन्सबीचको एकीकृतको शुभारम्भ गर्दै बिमा कम्पनीले पूँजी मात्र वृद्धि गर्ने भन्दा पनि राम्रो नीति ल्याएर व्यापार गर्न सक्नुपर्ने बताए।

उनले पछिल्लो समय भइरहेको इस्योरेन्सहरुको मर्जर स्वतःस्फूर्त भएको बताए। उनले कम्पनीहरुले नीति निर्देशनमा बसेर बिजनेस गर्न सक्नुपर्ने बताए। उनले बिमा कम्पनीको लोगो परिवर्तन गरेर, पूँजी बढाएर मात्रै बिमा प्रतिको विश्वास बढ्न नसक्ने बताए।

उनले पूँजी अनुसारको व्यवसाय गरे, बजारमा सकारात्मक इमेज राख्न सके, बिमा दावी भुक्तानी समयमा दिनसके मात्रै बिमाप्रतिको विश्वास बढ्ने बताए। उनले बिमा कम्पनीले समयमा दावी भुक्तानी नगरे ग्राहकले बिमाप्रति नकारात्मक धारणा बनाउने बताए। अध्यक्ष सिलवालले बिमा कम्पनीहरु काठमाडौं केन्द्रित भएको बताउँदै अब काठमाडौंबाहिर पनि कम्पनीहरुले बिमा गर्नुपर्ने बताए।

उनले कम्पनीका कर्मचारीलाई बिजनेस गर्न र दावी परेपछि तिर्न पनि सिकाउनुपर्ने बताए। उनले अब क्षेत्र अनुसारको नीति ल्याउन आवश्यक रहेको बताए। उनले कम्पनीलाई आफैं पूँजी बढाउन वा मर्जरका माध्यमबाट पूँजी बढाउन सक्ने दुई विकल्प मध्ये मर्जर रोजेको बताए।

त्यस्तै, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीका अध्यक्ष सुरेशलाल श्रेष्ठले दुई इन्स्योरेन्सको अनुभव र क्षमताले नेपालको बिमा क्षेत्रमा अतुलनीय योगदान पुर्याउने विश्वास लिएको बताए। उनले ग्राहकहरुलाई गुणस्तरिय बिमा सेवा दिने मर्जरको एक मात्रै उद्देश्य रहेको बताए। सिद्धार्थ र प्रिमियर इन्स्योरेन्स मर्जर भएपछि विगतको भन्दा सवल र सक्षम भएर लाग्ने उनले बताए।
 

प्रकाशित: Mar 02, 2023| 21:00 बिहीबार, फागुन १८, २०७९
प्रतिक्रिया दिनुहोस्