मंगलबार, जेठ २८, २०८२

हुन्डाईको नयाँ ग्रान्ड आइटेन नियोस नेपाली बजारमा

 |  बिहीबार, फागुन १८, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १८, २०७९

काठमाडौं- कोरियन अटोमोबाइल ब्रान्ड हुन्डाईको ‘ग्रान्ड आइटेन नियोस’को फेसलिफ्ट भर्सन नेपाली बजारमा भित्रिएको छ। हुन्डाईको नेपालका लागि आधिकारिक विक्रेता लक्ष्मीहुन्डाईको नयाँ ग्रान्ड आइटेन नियोस नेपालमा इन्टरकन्टिनेन्टलले ह्याचब्याक सेगमेन्टमा ग्रान्ड आइटेन नियोसको अपग्रेडेड मोडेल बजारमा ल्याएको हो। 

नयाँ नियोस अझ बढी परिष्कृत, आरामदायी र नयाँ फिचरले सुसज्जित रहेको कम्पनीले जनाएको छ। नेपाली उपभोक्तामाझ यो गाडीको नयाँ मोडेल आकर्षक डिजाइन, विशिष्ट सुविधा र अत्याधुनिक सुरक्षा फिचरजस्ता विभिन्न विशेषताका कारण ह्याचब्याकको प्रतिस्पर्धी बजारमा अझ बढी लोकप्रिय बन्ने कम्पनीले विश्वास व्यक्त गरेको छ।

गाडीको पछिल्लो भागमा एलइडी टेल लाइटजडित लाइट वारले यो गाडीलाई विशिष्ट स्वरूपमा उतारेको कम्पनीको दाबी छ। यो गाडीको अघिल्लो भागमा रहेको पेन्टेड ब्ल्याक रेडिएटर ग्रिल र एलइडी डेटाइम रनिङ ल्याम्पस (डिआरएलएस)ले गाडीलाई अझ बढी स्टाइलिस र स्पोर्टी बनाएको छ। गाडीमा १५ इन्चको ड्युल टोन स्टाइल्ड स्टिल ह्विल, प्रोजेक्टर ल्याम्प, सार्क फिन एन्टेना र रुफ रेल रहेको छ। 

सुरक्षाका हिसाबले यो गाडी थप परिष्कृत रहेको कम्पनीको भनाइ छ। यसमा चालक तथा यात्रुका लागि चारवटा एयरब्याग, टायर प्रेसर मोनिटरिङ सिस्टम, अटोमेटिक हेडल्याम्प, इलेक्ट्रोनिक स्टाबिलिटी कन्ट्रोल (इएससी), भेहिकल स्टाबिलिटी म्यानेजमेन्ट (भिएसएम), हिलस्टार्ट एसिस्ट कन्ट्रोल (एचएसी), रियर पार्किङ क्यामेरा विथ डिस्प्ले वन अडियोलगायतका फिचर समावेश गरिएको छ।

यो फेसलिफ्ट मोडेलमा स्पिड अलर्ट सिस्टम, बर्गलर आलार्म, रियर डिफोगर, इम्प्याक्ट सेन्सिङ अटोडोर अनलक, स्पिड सेन्सिङ अटोडोर लक, हेडल्याम्प इस्कोर्ट सिस्टमसँगै इमर्जेन्सी स्टप साइनलगायत प्रविधिसम्पन्न विशेषता रहेका छन्। वायरलेस फोन चार्जर, फास्ट युएसबी टाइप सी चार्जर, क्रुज कन्ट्रोल, एप्पल कार प्लेस, एन्ड्रोइड अटोजस्ता फिचरका कारण नयाँ मोडेल प्रविधिमैत्री कारको रूपमा स्थापित हुने कम्पनीले अपेक्षा गरेको छ।

चालकको सुविधाका लागि नयाँ मोडेलमा डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टरमा रहेको मल्टिइन्फो डिस्प्ले एमआइडी फिचरबाट फ्युल इकोनोमी, एभरेज भेहिकल स्पिड, सर्भिस रिमाइन्डरजस्ता जानकारी लिन सकिन्छ।१.२ लिटर पेट्रोल इन्जिनको नयाँ मोडेलमा १६५ एमएमको ग्राउन्ड क्लियरेन्स रहेको छ। एमटी अप्सनमा इरा, म्याग्ना र स्पोर्टिज भेरियन्ट र एएमटी अप्सनमा म्याग्ना र स्पोर्टिज भेयरयन्ट उपलब्ध रहनेछन्। नयाँ ग्रान्ड आइटेन नियोसको सुरुवाती मूल्य २९ लाख ९६ हजार रुपैयाँ तोकिएको छ।

प्रकाशित: Mar 02, 2023| 19:30 बिहीबार, फागुन १८, २०७९
प्रतिक्रिया दिनुहोस्