मंगलबार, जेठ २८, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • खप्तड लघुवित्त र धौलागिरी लघुवित्तबीच मर्जरको अन्तिम सम्झौता

खप्तड लघुवित्त र धौलागिरी लघुवित्तबीच मर्जरको अन्तिम सम्झौता

 |  बिहीबार, फागुन १८, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १८, २०७९

काठमाडौं- खप्तड लघुबित्त वित्तीय संस्था र धौलागिरी लघुवित्त वित्तीय संस्थाबीच गाभ्ने गाभिने (मर्जर) सम्बन्धी अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको छ।

बुधबार एक कार्यक्रमका बीच उक्त सम्झौताको सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको हो। मर्जर हुने यी दुवै संस्थाहरूमध्ये खप्तड लघुवित्तको कार्यक्षेत्र शुदुरपश्चिम प्रदेश हो भने धौलागिरी लघुवित्त राष्ट्रियस्तरको कार्यक्षेत्र भएको संस्था हो।

दुई संस्थाले गाभ्ने गाभिने मर्जर सम्बन्धी समझदारीपत्रमा मंसिर १८ गते हस्ताक्षर भई पुस १७ गते नेपाल राष्ट्र बैंकबाट सैद्धान्तीक सहमति प्राप्त गरेका थिए। उक्त अन्तिम सम्झौतापत्रमा लागि खप्तड लघुबित्त बित्तीय संस्थाका तर्फबाट सञ्चालक समितिका अध्यक्ष सुमन प्रसाद श्रेष्ठ र धौलागिरी लघुबित्त बित्तीय संस्थाका तर्फबाट सञ्चालक समितिका अध्यक्ष इश्वर लाल राजभण्डारीले हस्ताक्षर गरेका हुन्।

उक्त हस्ताक्षर समारोमा धौलागिरी लघुबित्तका तर्फबाट संचालक एबं संयुक्त मर्जर समितीका संयोज हरि प्रसाद शर्मा, सिर्जना थापा, डा.शुदर्सन सिलवाल, प्रमुख कार्यकारी अधिकृत मिन बहादुर बोहोरा र खप्तड लघुवित्तको तर्फबाट संचालकहरु रणदेव कृष्ण श्रेष्ठ, चन्द्र बहादुर चन्द, डबल बहादुर शाहा तथा प्रमुख कार्यकारी अधिकृत शुरेस बहादुर बमको उपस्थिती थियो।

धौलागिरी लघुवित्त वित्तिय संस्था लिमिटेडले साउन २४ गते, मंगलबारबाट साउन २९ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३ करोड ३१ लाख रुपैयाँ बराबरको ३ लाख ३१ हजार कित्ता सेयर निष्कासन गरेको थियो।

कुल कित्ताको ५ प्रतिशतले हुन आउने १६ हजार ५५० कित्ता सेयर सामूहिक लगानी कोष र ०.५ प्रतिशतले हुन आउने ५ हजार १ सय ५५ कित्ता कर्मचारीका लागि सुरक्षित गरी बाँकी ३ लाख ९ हजार २९५ कित्ता सर्वसाधारणलाई बिक्री गरिएको थियो। राष्ट्रिय स्तरको कार्यक्षेत्र रहेको धौलागिरीले बाग्लुङ नगरपालिका—२, श्रीनगर टोल, बाग्लुङमा रजिष्टर्ड कार्यालय मार्फत आफ्नो कारोबार संचालन गर्दै आइरहेको छ।

त्यसैगरी, खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले भदौ ८ गतेदेखि भदौ १२ गते, आइतबारसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १ करोड ३२ लाख रुपैयाँ बराबरको १ लाख ३२ हजार कित्ता सेयर निष्कासन गरेको थियो।

जारी पूँजीको ०.५ प्रतिशत अर्थात २ हजार कर्मचारीहरुका लागि र सर्वसाधारणका लागि छुट्याइएको सेयरमध्ये ५ प्रतिशत अर्थात ६ हजार ६०० कित्ता कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी १ लाख २३ हजार ४०० कित्ता सर्वसाधारणलाई छुट्याइएको थियो। सुदूरपश्चिममा कार्यक्षेत्र रहेको खप्तड लघुवित्तको केन्द्रीय कार्यालय कैलालीको गोदावरीमा रहेको छ।
 

प्रकाशित: Mar 02, 2023| 19:00 बिहीबार, फागुन १८, २०७९
प्रतिक्रिया दिनुहोस्