मंगलबार, जेठ २८, २०८२

नेपाल एयरलाइन्सको टिकट भुक्तानी अब आइएमई पेबाट

 |  बुधबार, फागुन १७, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, फागुन १७, २०७९

काठमाडौं- आइएमई पे र नेपाल एयरलाइन्सबीच आइएमई पे विद्युतीय भुक्तानी सेवा प्रधानकर्ताको रुपमा रहने सम्झौता भएको छ। सम्झौताअनुसार नेपाल एयरलाइन्सको वेबसाइटबाट टिकट बुक गर्दा आइएमई पेमार्फत भुक्तानी गर्न सकिनेछ।

नेपाल एयरलाइन्सको वेबसाइटबाट आवश्यकताअनुरुपको गन्तव्य र मिति छानेर मागिएको विवरण भरी चेकआउट गर्ने क्रममा आइएमई पे छनौट गरी सजिलै भुक्तानी गर्न सकिने भएको हो।

ग्राहकलाई भुक्तानी प्रक्रिया सहज बनाउनका लागि सम्झौता गरिएको आईएमई पेले जनाएको छ। ‘आइएमई पे’ आईएमई ग्रुपअन्तर्गतको डिजिटल वित्तीय सेवाप्रदायक उत्पादन हो।

प्रकाशित: Mar 01, 2023| 16:48 बुधबार, फागुन १७, २०७९
प्रतिक्रिया दिनुहोस्