सोमबार, जेठ ६, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • मेस्सी बने फिफा वर्ष उत्कृष्ट खेलाडी, अर्जेन्टिनालाई तीन अवार्ड

मेस्सी बने फिफा वर्ष उत्कृष्ट खेलाडी, अर्जेन्टिनालाई तीन अवार्ड

 |  मंगलबार, फागुन १६, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन १६, २०७९

काठमाडौं- अर्जेन्टिना राष्ट्रिय फुटबल टिम र पेरिस सेन्ट जर्मेन पिएसजीका प्लेमेकर लियोनेल मेस्सी यो वर्ष फिफाको उत्कृष्ट खेलाडी बनेका छन्। ३५ वर्षे मेस्सीले फ्रान्सका फरावार्ड द्वय केलियन एम्बाप्पे र करिम बेञ्जिमालाई पछि पार्दै यो अवार्ड जितेका हुन्।

मेस्सीले आफ्नो देख अर्जेन्टिनालाई कतार विश्वकपको उपाधि दिलाएका थिए। उनले यो वर्ष ४९ खेलमा २७ गोलसमेत गरेका छन्। उनको यो गोल क्लब र देश दुवैका लागि हो।

यता बार्सिलोनाकी एलेक्सा पुटेल्लास यो वर्षको उत्कृष्ट महिला फुटबल खेलाडी घोषित भएकी छन्। यो वर्ष दोस्रो पटक यो अवार्ड जितेका मेस्सीले भनेका छन्, ‘यो खुसी अचम्मको क्षण हो। यो वर्ष मेरो लागि ठूलो उपलब्धिको वर्ष रह्यो। र, म यहाँ हुनु मेरो लागि गर्वको कुरा पनि हो। मेरो टिममेटबिना यो सम्भव थिएन।’

उनले अगाडि भनेका छन्, ‘मैले मेरो सपना पुरा गरेको छु। मैले लामो समयदेखि यो सपना देखिरहेको थिएँ। धेरै कम मानिसले मात्र यो सफलता हात पार्न सकेका छन्। त्यसमध्येको एक भाग्यमानी म पनि हुँ।’

यता अर्जेन्टिनालाई विश्वकपको उपाधि दिलाएका लियोनल स्कोलोनी पनि वर्षको उत्कृष्ट प्रशिक्षक बनेका छन्। यसको अघिल्लो वर्ष भएको कोपा अमेरिकाको उपाधि पनि यि दुई (प्रशिक्षक र खेलाडी) ले जितेका थिए।

वर्षको उत्कृष्ट प्रशिक्षक भएसँगै अर्जेन्टिनाको बोर्डले स्कोलोनीसँगको सम्झौता नविकरण गरेको छ। स्कलोनीले म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओला र रियका प्रशिक्षक कार्लो एन्सोलोटीलाई पछि पार्दै यो अवार्ड जितेका हुन्।

ग्वार्डिओलाले म्यानचेस्टर सिटीलाई छैटौं पटक उपाधि दिलाएका थिए भने एन्सोलोटीले रियललाई युरोपेली च्याम्पियन बनाएका थिए।

यता पछिल्लो वर्ष महिला युरो कपको उपाधि जितेको इंग्ल्यान्ड राष्ट्रिय फुटबल टिमकी प्रशिक्षक सरिना वेग्म्यान भने वर्ष उत्कृष्ट महिला प्रशिक्षक बनेकी छन्। उनले आफ्नो देशलाई पहिलो मूख्य उपाधि दिलाएकी थिइन्।

यता इमिलियानो मार्टिनेस अहिले विश्वका उत्कृष्ट गोलकिपर बनेका छन्। महिलातर्फ यो अवार्ड इंग्ल्यान्डकी मोरी एर्पासले जितेकी छन्।

प्रकाशित: Feb 28, 2023| 10:44 मंगलबार, फागुन १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।