मंगलबार, साउन १४, २०८२

काठमाडौंमा आज पानी पर्ने सम्भावना

आइतबार मध्यान्न काठमाडौं उपत्यका लगायतका क्षेत्रमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
 |  आइतबार, फागुन १४, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, फागुन १४, २०७९

काठमाडौं- आइतबार मध्यान्न काठमाडौं उपत्यका लगायतका क्षेत्रमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

प्रदेश नम्बर १, बागमती र गण्डकी प्रदेशको पहाडी भूभाग सहित उपत्यकामा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको जनाएको छ। 

देशका उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना रहेकाले मौसम सूचना तथा पूर्वानुमानमा अद्यावधिक रहन विभागले अनुरोध गरेको छ। बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

महाशाखाका अनुसार अनुसार दुई दिनअघि गण्डकको कास्की र पोखरामा हल्का वर्षा भयो। त्यसअघि पश्चिम तराई छोएका केही भेगमा हल्का वर्षा भएको थियो। बागमती प्रदेशका पहाडी भेगमा हल्का वर्षा भए पनि काठमाडौंमा भइहाले पनि फाटफुट मात्र वर्षा हुने सम्भावना छ। 

उपत्यकाको आकाशको वायुमण्डलमा लामो समयदेखि तैरिएर बसेको प्रदूषणको तुवाँलो वर्षा नहुँदा हट्न सकेको छैन।

प्रकाशित: Feb 26, 2023| 09:35 आइतबार, फागुन १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।