मंगलबार, जेठ २८, २०८२

बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकको राहत

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई एकीकृत निर्देशन जारी गर्दै कर्जा साँवाब्याजको भाका नाघेको ३० दिनभित्र भुक्तानी गरे हर्जना ब्याज नलाग्ने बताएको हो।
 |  शुक्रबार, फागुन १२, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन १२, २०७९

काठमाडौं– राष्ट्र बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई एकीकृत निर्देशन जारी गर्दै ऋणीले साँवाब्याजको भुक्तानी गर्दा ३० दिनभित्र हर्जना ब्याज तिर्नु नपर्ने बताएको छ।

शुक्रबार जारी राष्ट्र बैंकको नयाँ निर्देशनअनुसार कर्जाको साँवाब्याज भुक्तान गर्नुपर्ने भाखा नाघेको ३० दिनसम्म हर्जना ब्याज लाग्ने छैन। केन्द्रीय बैंकले लागू गरेको यो व्यवस्था आगामी वर्ष २०८० असार मसान्तसम्म लागू हुनेछ। 

तर कर्जाको भाखा नाघेको ३० दिनभित्रको सावाँब्याज नबुझाएको अवस्थामा भने हर्जना लिन पाउने राष्ट्र बैंकको निर्देशनमा उल्लेख छ।

प्रकाशित: Feb 24, 2023| 17:40 शुक्रबार, फागुन १२, २०७९
प्रतिक्रिया दिनुहोस्