मंगलबार, जेठ २८, २०८२

हिमालयन र सिभिल बैंक मर्जपछि एकीकृत कारोबार सुरु

हिमालयनले सिभिल बैंकलाई १००ः८०.२८ को स्वाप रेसियोमा प्राप्ति गरेको हो।
 |  शुक्रबार, फागुन १२, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन १२, २०७९

काठमाडौं– हिमालयन बैंक र सिभिल बैंक एकआपसमा मर्ज भएपछि एकीकृत कारोबार सुरु गरेका छन्। शुक्रबार हिमालयन बैंक अध्यक्ष प्रचण्ड श्रेष्ठले केन्द्रीय कार्यालय कमलादीमा एकीकृत कारोबार सुरु गरेका हुन् 

हिमालयनले सिभिल बैंकलाई १००ः८०.२८ को स्वाप रेसियोमा प्राप्ति गरेको हो। सिभिल बैंकका सेयरधनीले १०० कित्ता सेयर बराबर हिमालयन बैंकको ८०.२८ कित्ता सेयर प्राप्त गर्नेछन्। हिमालयन बैंक र सिभिल बैंकबीच गत २९ असारमा प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर भएको थियो।

बैंक अध्यक्ष श्रेष्ठले हिमालयन बैंक अब देशकै उत्कृष्ट वित्तीय संस्था बन्ने बताए। ६ करोडबाट सुरु भएको बैंक हाल १४ अर्ब पुँजीको बनेको उनको भनाइ छ। बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले ९ महिने प्रयासपछि सिभिल बैंकलाई प्राप्ति गर्न सफल बनिएको बताए।

हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरेपछि एकीकृत बैंकको चुक्ता पुँजी ३४ अर्ब पुगेकोे छ। पुँजीका आधारमा हिमालय छैटौं ठूलो बैंक हो। २ खर्ब ७४ अर्ब निक्षेप, २ खर्ब ५० अर्ब कर्जा रहेको बैंकले सिभिल प्राप्ति गरेसँगै १८९ शाखा सञ्जाल पुगेका छन्।

प्रकाशित: Feb 24, 2023| 15:53 शुक्रबार, फागुन १२, २०७९
प्रतिक्रिया दिनुहोस्