मंगलबार, जेठ २८, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • जी २० अर्थमन्त्रीको जमघटमा सहभागिता जनाउन भारत गए अर्थमन्त्री पौडेल

जी २० अर्थमन्त्रीको जमघटमा सहभागिता जनाउन भारत गए अर्थमन्त्री पौडेल

नेपालले जी २० को सदस्य नरहे पनि भारतले अध्यक्षता लिएका बेला सम्मेलनमा भाग लिन निमन्त्रणा गरेकाले अर्थमन्त्री पौडेलले सहभागिता जनाएका हुन्।
 |  शुक्रबार, फागुन १२, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन १२, २०७९

काठमाडौं– उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडल जी २० का अर्थमन्त्री सम्मिलित बैठकमा सहभागिता जनाउन भारत गएका छन्। आजदेखि सुरु भएको जी २० अर्थमन्त्रीको सम्मेलन १३ फागुनसम्म भारतको बैंङलुरुमा आयोजना गरिएको छ।

सम्मेलनका अतिरिक्त अर्थमन्त्री पौडेलले भारतलगायत विभिन्न देशका समकक्षीसँग छलफल गर्ने कार्यक्रम रहेको अर्थ मन्त्रालयले जनाएको छ।अर्थमन्त्री पौडेलसँगै अर्थ मन्त्रालयका अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख श्रीकृष्ण नेपाल पनि भारत गएका छन्।    

जी २० को सदस्य नरहे पनि भारतले अध्यक्षता लिएका बेला सम्मेलनमा भाग लिन नेपाललाई निमन्त्रणा गरेको थियो। जी २० मा भारत, चीन, जापान, अमेरिका, बेलायतलगायत राष्ट्र छन्।

प्रकाशित: Feb 24, 2023| 15:20 शुक्रबार, फागुन १२, २०७९
प्रतिक्रिया दिनुहोस्