सोमबार, जेठ ६, २०८२

यूएई जाने टोलीमा परेनन् सन्दीप लामिछाने

कानुनी अड्चन हुने भएपछि विदेशमा हुने सिरिजका लागि क्यानले सन्दीपलाई नराखेको हो।
 |  बिहीबार, फागुन ११, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन ११, २०७९

आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत यूएईमा हुने खेलमा सन्दीप लामिछाने सहभागी हुन नपाउने भएका छन्। नेपाल क्रिकेट संघ (क्यान)ले यूएई जाने खेलाडीको सूचीमा लामिछानेलाई राखेको छैन। उनको ठाउँमा प्रतिस जिसीलाई राखेको छ।

कानुनी अड्चन हुने भएपछि विदेशमा हुने सिरिजका लागि क्यानले सन्दीपलाई नराखेको हो। नेपालले लिग-२ अन्तर्गत १५ देखि २२ फागुनसम्म यूएई र पपुवा न्युगिनीसँग खेल्दैछ। १५ गते पहिलो खेल पपुवा न्युगिनीसँग खेल्न नेपाली टोली १३ गते यूएई जाँदैछ।

नाबालिग बलात्कारको आरोप लागेका सन्दीप लामिछानेको मुद्दा जिल्ला अदालत काठमाडौंमा विचाराधीन छ। उच्च अदालत पाटनले २० लाख रुपैयाँ धरौटीमा छाडेपछि क्यानले सन्दीपको निलम्बन फुकुवा गरेर घरेलु मैदानमा भएको स्कटल्याण्ड र नामिबियाविरुद्धको खेलमा खेलाएको थियो।

उच्च अदालतले धरौटीमा छाड्ने आदेश दिँदा सन्दीपलाई विदेश जान नपाउने उल्लेख गरेको छ।


प्रकाशित: Feb 23, 2023| 15:47 बिहीबार, फागुन ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।