बुधबार, जेठ २९, २०८२

१३ दिनपछि बढेको सेयर बजार फेरि गर्ल्याम्मै

हिजो भने नेप्से ३३ अंकले बढेको थियो र १ अर्ब ८० करोडको कारोबार भएको थियो। हिजोको सुधार १३ दिनपछिको थियो।
 |  बिहीबार, फागुन ११, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन ११, २०७९

लामो विश्रामपछि हिजो बुधबार बढेको सेयर बजारमा आज फेरि पहिरो गएको छ। आज नेप्से परिसूचक ५७.७४ अंकले घटेर २०२२.६४ विन्दुमा अडिएको छ।

हिजो भने नेप्से ३३ अंकले बढेको थियो र १ अर्ब ८० करोडको कारोबार भएको थियो। हिजोको सुधार १३ दिनपछिको थियो। 

आज नेप्से ओरालो लागे पनि कारोबार रकम भने बढेको छ। आज २ अर्ब ५२ करोड २७  लाख १३ हजार १५३ रूपैयाँको सेयर खरिदबिक्री भयो। २६० कम्पनीको ६३ लाख २६ हजार १०५ कित्ता सेयर किनबेच भयो। 

आज नेपाल हाइड्रोपावर र सामलिङ पावरको सेयर मूल्य भने ४ प्रतिशतले बढ्यो। ३९ वटा कम्पनीको मूल्य १० प्रतिशतले ओरालो लाग्यो।

कारोबारमा आएका १३ वटै उपसमूहका सूचक नकारात्मक देखिएका छन्। माइक्रोफाइनान्स उपसमूहको सूचक सर्वाधिक ९.५४ प्रतिशतले घट्यो।

प्रकाशित: Feb 23, 2023| 15:29 बिहीबार, फागुन ११, २०७९
प्रतिक्रिया दिनुहोस्