बुधबार, जेठ २९, २०८२

कोरियामै लुके ८० प्रतिशत बढी ‘मौसमी’ नेपाली श्रमिक

सम्झौताअनुसार कोरियामा मौसमी श्रमिकका रुपमा काम गर्न गएकाहरु उतै लुकेपछि तीन वर्षसम्म नेपालमाथि लाग्यो प्रतिबन्ध।
 |  बिहीबार, फागुन ११, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन ११, २०७९

काठमाडौ– नेपालबाट रोजगारीका लागि गत वर्ष मौसमी श्रमिकका रूपमा कोरिया गएका ८० प्रतिशत बढी श्रमिक सम्झौताअनुसार स्वदेश नफर्किएपछि तत्काल सम्झौता नवीकरण नहुने भएको छ। 

कोरियाको अध्यागमन विभागका निर्देशक इसुङ्ह्युनले केही वर्ष नेपालबाट मौसमी श्रमिक ल्याउने विषयमा सम्झौता नगर्ने विषयमा त्यहाँ रहेको नेपाली दूतावासलाई जानकारी गराएको श्रम मन्त्रालयले जनाएको छ।

दक्षिण कोरियामा अवस्थित नेपाली दूतावासका अनुसार मौसमी श्रमिकको हकमा कोरिया प्रवेश गरेका ७० प्रतिशत बढी अवैध रूपमा बसेको फेला परे सो देशबाट मौसमी श्रमिक ल्याउन तीन वर्ष प्रतिबन्ध लगाउने नीतिअनुसार नेपाललाई रोक लगाइएको हो। यसअघि बेलायतले पनि नेपाललाई मौसमी श्रमिकका रूपमा लैजान रोक लगाएको थियो।

प्रकाशित: Feb 23, 2023| 11:08 बिहीबार, फागुन ११, २०७९
प्रतिक्रिया दिनुहोस्