सोमबार, जेठ ६, २०८२

राफ्टिङ र कायाकको राष्ट्रिय प्रतियोगिताको अन्तिम खेल आज

नेपाल राफ्टिङ तथा कनोइङ संघ र बाग्मती प्रदेश खेलकुद परिषदको संयुक्त आयोजनामा सिन्धुपाल्चोकको सुकुटेविचमा सातौं राष्ट्रिय राफ्टिङ तथा ११ औं राष्ट्रिय कायाक स्लालोम च्याम्पियनसिपको अन्तिम खेलहरू आज हुँदै छन्।
 |  बिहीबार, फागुन ११, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन ११, २०७९

काठमाडौं- नेपाल राफ्टिङ तथा कनोइङ संघ र बाग्मती प्रदेश खेलकुद परिषदको संयुक्त आयोजनामा सिन्धुपाल्चोकको सुकुटेविचमा सातौं राष्ट्रिय राफ्टिङ तथा ११ औं राष्ट्रिय कायाक स्लालोम च्याम्पियनसिपको अन्तिम खेलहरू आज हुँदै छन्।

सुनकोशी नदिमा तीनदिन सम्म आयोजना गरिएको प्रतियोगिता राफ्टिङतर्फ १५ टोली र कायाकमा ४६ महिला तथा पुरुष खेलाडीहरुले सहभागिता जनाइरहेका छन्।

प्रतियोगिताको पहिलो दिन कायाक तर्फ गणेश गुरुङले दुई राउण्डको खेलपछि अग्रता लिएका छन्। त्यस्तै बिक्रम गुरुङ दोस्रो, रञ्जन कंडेल तेस्रो,सुरज गुरुङ चौथो तथा सुजन गुरुङ पाचौं स्थानमा छन्।  

प्रतियोगिताको सोमबार एक समारोहविच नेपाल ओलम्पिक कमिटीका अध्यक्ष तथा पुर्व पर्यटन, उद्योग तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले उद्घाटन गरेका थिए।

उद्घाटन समारोहमा बाग्मती प्रदेश खेलकुद परिषदका सदस्य सचिव सुर्य भण्डारीले आगामी दिनहरुमा प्रतियोगिताको बजेट बृद्धि गर्ने बताए।

त्यस्तै एसियाली राफ्टिङ तथा कनोइङ महासंघका अध्यक्ष शौतक सिकन्डले प्रतियोगितामा शीर्ष स्थानमा रहने महिला र पुरुषका दुई टोलीलाई आगामी सेप्टेम्वरमा भारतको मनिलामा हुने एसियन च्याम्पियनसिपमा छनोट हुनेछ। यी खेलाडीहरुको सम्पुर्ण खर्च एसियाली महासंघले ब्यहोर्ने पनि उनले जानकारी दिए

नेपाल राफ्टिङ तथा कनोइङ संघका कार्यबाहक अध्यक्ष राजीव श्रेष्ठले हरेक इभेन्टसमा पहिलो दोस्रो र तेस्रो स्थान हात पार्ने खेलाडीहरुले १५ हजार,१० हजार र ५ हजार पुरस्कार प्रदान गरिने बताए।

प्रकाशित: Feb 23, 2023| 07:47 बिहीबार, फागुन ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।