बुधबार, जेठ २९, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • महिन्द्राको ट्रियो इलेक्ट्रिक अटो सिन्धुलीमा पनि उपलब्ध

महिन्द्राको ट्रियो इलेक्ट्रिक अटो सिन्धुलीमा पनि उपलब्ध

सोही अवसरमा ५ जना ग्राहकलाई महिन्द्रा ट्रियो इलेक्ट्रिक अटो पनि वितरण गरिएको थियो।
 |  बुधबार, फागुन १०, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, फागुन १०, २०७९

काठमाडौं- महिन्द्रा एण्ड महिन्द्रा (लास्ट माइल मोबिलिटी) ले ट्रियो इलेक्ट्रिक अटो सिन्धुलीमा सार्वजनिक गरेको छ।

अग्नि ग्रुपअन्तर्गतको सहायक कम्पनी एवं महिन्द्रा एण्ड महिन्द्रा (लास्ट माइल मोबिलिटी)का आधिकारिक बिक्रेता इनर्जी प्रालिले कमलामाई नगरपालिका –६ राम्माडी, सिन्धुलीमा ट्रियो इलेक्ट्रिक अटो सिन्धुलीका नगर प्रमुख मेयर उपेन्द्रकुमार पोखरेल, उद्योग वाणिज्य संघका अध्यक्ष अर्जुनकुमार श्रेष्ठका साथै अग्नि ग्रुपका प्रतिनिधिहरुको उपस्थितिमा सार्वजनिक गरेको हो।

सोही अवसरमा ५ जना ग्राहकलाई महिन्द्रा ट्रियो इलेक्ट्रिक अटो पनि वितरण गरिएको थियो। अग्नि इनर्जीका कमलामाई नगरपालिका –६ राम्माडी, सिन्धुली लागि बिक्रेता मरिण इभरग्रिन ईन्टरप्राइजेज प्रालिका प्रबन्धनिर्देशकद्वय खडकबहादुर श्रेष्ठ र टिकाबहादुर श्रेष्ठका अनुसार महिन्द्रा ट्रियो किन्ने ग्राहकले उत्कृष्ट इन्जिनियरिङ र विश्वसनीयताबाट लाभ उठाउन सक्छन्।

उल्लेखनीय विशेषताको आकर्षक सेट, शून्य प्रदूषण र इच्छाइएका गुणका साथ, ट्रिओले नेपालमा कार्यक्षमताका साथै किफायतका लागि नयाँ मानक निर्धारण गर्नेछ। महिन्द्रा ट्रियो पूर्ण निर्माण युनिट (सीबीयु) संरचनाको माध्यमबाट नेपाल आउने गर्दछ। यो गाडी महिन्द्राको भारतको बेंगलुरुस्थित फ्याक्ट्रीमै निर्माण भइरहेको छ। दक्षिण नेपालको तराई क्षेत्रका चुनिएका केही क्षेत्रमा ट्रियो अटो वितरण गर्न तयारी लागि बुकिङ सुरु भएको छ।

महिन्द्राको अधिकृत ईभी वितरक अग्नि इनर्जीले नेपालमा ट्रियो बिक्री गर्नेछ। महिन्द्रा ट्रियोसँग ग्राहकले वार्षिक २ लाख रुपैयाँ बचत गर्नसक्ने छन्। महिन्द्रा ट्रियो १०,०००+ सवारी साधनको बिक्री भएको भारतको सबैभन्दा ठूलो लिथियम आयोन इलेक्ट्रिक अटो प्लेटफर्म हो र सन् २०१८ मा यसको सार्वजनिक भएदेखि यसले ६ करोड ३० किलोमिटर भन्दा बढी दूरी तय गरिसकेको छ।


प्रकाशित: Feb 22, 2023| 21:30 बुधबार, फागुन १०, २०७९
प्रतिक्रिया दिनुहोस्