आइतबार, भदौ १, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • माघमा मात्रै विदेश रोजगारीमा उड्न ६४ हजार बढीले लिए श्रम स्वीकृति

माघमा मात्रै विदेश रोजगारीमा उड्न ६४ हजार बढीले लिए श्रम स्वीकृति

माघमा ५८ हजार ४४७ पुरुष र ५ हजार ८३७ महिला गरी ६४ हजार २८४ जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका हुन्।
 |  मंगलबार, फागुन ९, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन ९, २०७९

काठमाडौं– माघमा मात्रै ६४ हजार बढी नेपालीले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागले तथ्यांक सार्वजनिक गरेको छ। विभागका अनुसार माघमा ५८ हजार ४४७ पुरुष र ५ हजार ८३७  महिला गरी ६४ हजार २८४ जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका हुन्।

यो संख्या पहिलो पटक वैदेशिक रोजगारीमा जान व्यक्तिगत श्रम स्वीकृति लिने, संस्थागत नयाँ श्रम स्वीकृति लिने र पुनः श्रम स्वीकृति लिनेको हो। नयाँ श्रम स्वीकृति लिने नेपालीको संख्या ३९ हजार १२४ जना रहेको छ। यीमध्ये ४ हजार २६६ जना महिला र ३४ हजार ८५८ पुरुष रहेको विभागको तथ्यांकमा उल्लेख छ। 

नेपालबाट वैदेशिक रोजगारीमा जानेमध्ये सबैभन्दा धेरैले मलेसियाका लागि श्रम स्वीकृति लिएका छन्। मलेसिया जान श्रम स्वीकृति लिनेको संख्या १९ हजार ७८३ जना रहेको छ। कतार जान १२ हजार ७०४, साउदीका लागि १० हजार ५७६, यूएईका लागि ९ हजार ७७० र कुवेतका लागि २ हजार ९९२ जनाले श्रम स्वीकृति लिएको विभागले बताएको छ।

यस्तै, साइप्रसका लागि ४१७, क्रोएसिया ४७१, जापान ८८२, माल्टा २७०, पोल्यान्ड ७२०, पोर्चुगल ४५ र रोमानियाका लागि ८०४ जनाले श्रम स्वीकृति लिएको विभागको तथ्यांकमा देखिएको छ।

प्रकाशित: Feb 21, 2023| 16:36 मंगलबार, फागुन ९, २०७९
प्रतिक्रिया दिनुहोस्