मंगलबार, असार १०, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • विराटनगर उड्नै थालेको सौर्यको विमान धावनमार्गबाट फिर्ता

विराटनगर उड्नै थालेको सौर्यको विमान धावनमार्गबाट फिर्ता

विराटनगर उड्न धावनमार्ग नजिकै पुगेको विमानको इन्डिकेटरले समस्या देखाएपछि फिर्ता भएको हो।
 |  मंगलबार, फागुन ९, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन ९, २०७९

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विराटनगरका लागि उड्न लागेको सौर्य एयरको विमानमा समस्या देखिएपछि पार्किङ–वेमै फिर्ता भएको छ। मंगलबार विराटनगर उड्न धावनमार्ग नजिकै पुगेको उक्त जहाजको इन्डिकेटरले समस्या देखाएपछि फिर्ता भएको हो। 

यात्रु बोर्डिङ पूरा गरी धावनमार्ग नजिकै पुगेको एसएयू ७२१ उडान नम्बरको विमानमा इन्डिकेटरले समस्या रहेको देखाएपछि उडान नगरी फिर्ता भएको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले बताए।

उनका अनुसार जहाजमा देखिएको समस्याबारे अहिलेसम्म कुनै जानकारी आइपुगेको छैन। जहाज अहिले पार्किङ–वेमै छ। जहाज कम्पनीका इञ्जिनियरले उक्त जहाजमा भएको समस्याका विषयमा छानबिन गरी उडानका लागि योग्य भन्ने जानकारी गराएपछि मात्रै उडान अनुमति दिइने विमानस्थल प्रशासनले बताएको छ।

प्रकाशित: Feb 21, 2023| 16:09 मंगलबार, फागुन ९, २०७९
प्रतिक्रिया दिनुहोस्