सोमबार, जेठ ६, २०८२

१४ वर्षपछि रियललाई हराउने आशामा लिभरपुल

अन्तिम १६ को पहिलो लेगको खेलमा यी दुई टिमले लिभरपुलको घरेलु मैदान एनफिल्डमा सामना गर्न लागेका हुन्।
 |  मंगलबार, फागुन ९, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन ९, २०७९

काठमाडौं- युरोपेली च्याम्पियन्स लिगमा आज महादेशका हेभिवेट टिम रियल मड्रिडको सामना सन् २०१९ को विजेता लिभरपुलसँग हुँदैछ। अन्तिम १६ को पहिलो लेगको खेलमा यी दुई टिमले लिभरपुलको घरेलु मैदान एनफिल्डमा सामना गर्न लागेका हुन्।

यी दुई टिममा कसले जित निकाल्ने हो भन्ने धेरैले अनुमान गरिरहेका छन्। यस्तोमा, यी टिमको विगतको नतिजा केलाउनु महत्वपूर्ण हुन्छ। सन् १९८१ देखि सन् २००९ सम्म भएका तीन युरोपेली शीर्ष प्रतिस्पर्धामा लिभरपुलले स्पेनि जायन्ट रियल मड्रिडलाई हराएको थियो। तर त्यसपछि रियलविरुद्ध लिभरपुलले जित निकाल्न सकेको छैन्। त्यसमा पनि एकमात्र बराबरी भएको छ भने पाँच खेलमा रियलले जित निकालेको छ। आज पनि यी दुईको खेल शृंखलामा अर्को खेल थपिनेवाला छ।

खेलका लागि अहिले रियल मड्रिड स्पेन पुगिसकेको छ। इंग्ल्यान्ड प्रस्थान गर्नुअघि रियलका प्रशिक्षक कार्लो एन्सोलोटीले माइन्ड गेम खेलेका छन्। उनले भने, ‘मेरो टोलीलाई थाहा छ कि दबाब कसरी थेग्नु पर्छ र गोल गर्नका लागि कसरी सही समय खोज्नु पर्छ।’

समग्रमा हेर्ने हो भने रियल मड्रिड अहिले चौथो पटक इंग्ल्यान्डको लिभरपुलस्थित एनफिल्ड रंगशालामा जाँदैछ। त्यो पनि युरोपेली च्याम्पियन्स लिगको लागि।

सन् २००९ को मार्चमा ०–४ को ठूलो हार बेहोरेपछि रियल त्यो मैदान(पछिल्ला दुई ट्रिप)मा पनि अनबिटन नै रहेको छ। त्यति मात्र होइन उसले गोलको सामना पनि गरेको छैन। एउटा खेल ३–० मा सकिँदा रियलले अर्को खेल गोलरहित बराबरी खेलेको थियो। यी कुरा सन् २०१४ र सन २०२१ का हुन्।

खेलकुदमा सँधै एकै परिस्थिति रहँदैन। त्यसमाथि अहिले लिभरपुल प्रिमियर लिगका पछिल्लो खेलमा पनि सुधारिएको प्रदर्शन गरिहेको छ। त्यसैले पनि उसले आज निकै प्रतिस्पर्धात्मक खेल्ने अनुमान गरिएको छ।

तर युरोपको जहिल्यै उत्कृष्ट मध्येको रियल मड्रिडले पनि लिभरपुलसँग पछिल्ला छ खेलमा हारेको छैन। त्यसैले ऊ पनि यो शृंखला कायमै राख्न चहान्छ। लिभरपुलको इतिहासमा सबैभन्दा लामो समयसम्म जित निकाल्न नसकेको प्रतिद्वन्दी पनि रियल मड्रिड नै भएको इन्टरनेटमा उपलब्ध तथ्यांकले देखाउँछ।

तर अवे खेलहरुमा रियलको पछिल्लो प्रस्तुति फितलो छ। उसले इंग्लिस क्लबविरुद्ध च्याम्पियन्स लिगमा यसअघि खेलेका सात अवे खेलमा एक मात्र जित निकालेको छ। त्यो चेल्सीविरुद्ध थियो।

यता लिभरपुलले भने च्याम्पियन्स लिगमा राम्रो प्रदर्शन गर्दै आइरहेको छ। पहिलो खेलमा नापोलीसँग हार बेहोरेयता उसले हरेक खेल जितिरहेको छ। लिभरपुलले लागातार पाँच खेलमा जित निकालेको छ। आज राति यो खेल पौने २ बजेबाट सुरु हुनेछ।


प्रकाशित: Feb 21, 2023| 09:29 मंगलबार, फागुन ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।