मंगलबार, असार १०, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • उपाय स्टेशन: ट्रक चालकका लागि विराटनगरमा खुल्यो विश्राम केन्द्र

उपाय स्टेशन: ट्रक चालकका लागि विराटनगरमा खुल्यो विश्राम केन्द्र

करिब ३ बिगाको क्षेत्रफलमा फैलिएको ‘उपाय स्टेशन’मा चालक पार्टनरहरुलाई विश्राम केन्द्र, ७० भन्दा धेरै ट्रकहरु पार्क गर्न मिल्ने व्यवस्था, लुगा धुने र नुहाउने स्थान, ट्रक मर्मत केन्द्र र सहुलियत क्यान्टिनको सुबिधा उपलब्ध छ।
 |  सोमबार, फागुन ८, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, फागुन ८, २०७९

काठमाडौं- लजिस्टिक्स कम्पनी उपायले आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा प्रविधि र पूर्वाधारमा लगानी गर्ने योजना अनुरुप विराटनगरमा ‘उपाय स्टेशन’ संचालनमा ल्याएको छ। करिब ३ बिगाको क्षेत्रफलमा फैलिएको ‘उपाय स्टेशन’मा चालक पार्टनरहरुलाई विश्राम केन्द्र, ७० भन्दा धेरै ट्रकहरु पार्क गर्न मिल्ने व्यवस्था, लुगा धुने र नुहाउने स्थान, ट्रक मर्मत केन्द्र र सहुलियत क्यान्टिनको सुबिधा उपलब्ध छ।

पुर्व–पश्चिम राजमार्गको टंकीशिनवारीमा अवस्थित ‘उपाय स्टेशन’ नेपालकै पहिलो विश्राम केन्द्र भएको कम्पनीको दाबी छ। स्टेशनमा सामान भण्डारण र वितरणको पनि व्यवस्था गरिएको छ। नेपालको ७ वटै प्रदेशमा ‘उपाय स्टेशन’ खोल्ने योजना रहेको कम्पनीले जनाएको छ।

फागुन ५ गते ‘उपाय स्टेशन’ विराटनगरको उद्‌घाटन गर्दै उपायका संचालक तथा सह-संस्थापक रन्जिव श्रेष्ठले उपायका ३ सेवाहरुको बारेमा विस्तृत चर्चा गरे। उनले पहिलो सेवामा प्रविधिको मद्दतबाट २ पाङ्रेदेखि २१ टनको ट्रक सम्मको गाडी नेपालका ठुला शहरमा बुक गर्न मिल्ने सुविधा रहेको बताए।

दोश्रो सेवामा सामान पार्सल छ। सबै खाले सामान नेपालभरि प्रत्यक ग्राहकको घर दैलोमा पुर्‍याउन सकिने कम्पनीले जनाएको छ। यस्तै, अन्तर्राष्ट्रिय मापदण्डको सुविधासम्पन्न गोदाम व्यवस्थापन, भण्डारण र माग अनुसारको वितरणको सुविधा प्रदान गर्ने उपायको तेश्रो सेवामा पर्ने उनले बताए। 

उपायले नेपालका ६० भन्दा बढी सहरहरूमा आफ्ना शाखाहरू विस्तार गरेको सहसंस्थापक श्रेष्ठले जानकारी दिए। आगामी वर्षहरूमा आफ्ना शाखाहरू, फ्रेन्चाइज साझेदारहरू, उपाय स्टेशनहरू र अन्तर्राष्ट्रिय स्तरको भण्डारण केन्द्रमार्फत् नेपालका सातै प्रदेशहरुमा सेवाहरु विस्तार गर्ने लक्ष्य राखेको छ।

प्रकाशित: Feb 20, 2023| 19:45 सोमबार, फागुन ८, २०७९
प्रतिक्रिया दिनुहोस्