मंगलबार, असार १०, २०८२

अवरुद्ध अन्तर्राष्ट्रिय उडान सुचारु

उडान अवरुद्ध विभिन्न अन्तर्राष्ट्रिय गन्तव्यमा आउजाउ गर्ने यात्रुले सास्ती बेहोर्नुपरेको थियो।
 |  सोमबार, फागुन ८, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, फागुन ८, २०७९

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन विभागको सर्भर डाउन हुँदा प्रभावित हवाई उडान नियमित रुपमा सञ्चालन हुन थालेको विमानस्थल कार्यालयले जनाएको छ।

सवा घन्टा अवरुद्ध भएको उडान सेवा अहिले नियमित सञ्चालन भइरहेको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिएका हुन्। उनले भने, ‘अध्यागमनको सर्भर डाउन हुँदा सवा घन्टा उडान सेवा प्रभावित भएको थियो। अहिले नियमित उडान भइरहेको छ।’ 

उडान अवरुद्ध विभिन्न अन्तर्राष्ट्रिय गन्तव्यमा आउजाउ गर्ने यात्रुले सास्ती बेहोर्नुपरेको थियो। उडान/अवतरण भए पनि लामो समय सम्बन्धित गन्तव्यका जहाजले उडान भर्न नसक्दा यात्रु मर्कामा परेका थिए। यसअघि पनि अध्यागमनको सर्भर डाउनले अन्तर्राष्ट्रिय विमानस्थलको उडान सेवा पटक–पटक अवरुद्ध हुँदै आएको छ।

प्रकाशित: Feb 20, 2023| 16:39 सोमबार, फागुन ८, २०७९
प्रतिक्रिया दिनुहोस्