मंगलबार, असार १०, २०८२

गुण एयरका विमान उडानमा रोक

प्राधिकरणले विमान उडान भर्दै आएका पाइलटलगायतलाई पारिश्रमिक नदिँदा हवाई सुरक्षामा गम्भीर असर पर्ने बताएर गुण एयरका विमान उडानमा रोक लगाएको हो।
 |  सोमबार, फागुन ८, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, फागुन ८, २०७९

काठमाडौं– नेपाल नागरिक उड्डयन प्राधिकरणले गुण एयर उडाउने जनशक्तिलाई तलब नदिएपछि हालका लागि सबै उडान बन्द गर्न निर्देशन दिएको छ। प्राधिकरणले विमान उडान भर्दै आएका पाइलटलगायतलाई पारिश्रमिक नदिँदा हवाई सुरक्षामा गम्भीर असर पर्ने बताएर गुण एयरका विमान उडानमा रोक लगाएको हो। 

अर्को व्यवस्था नभएसम्म कम्पनीका सबै जहाज ग्राउन्डेड गर्न सोमबार नै पत्र पठाइएको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताए। ‘कम्पनीले उडानमा संलग्न कर्मचारीलाई तलब सुविधा नदिएपछि सुरक्षामा जोखिम देखिएकाले अर्को व्यवस्था नहुन्जेल सबै उडान बन्द गर्न  पत्र काटेका छौं,’ उनले भने।

कम्पनीले हाल तीन वटा जहाजमार्फत पोखरा, विराटनगर, भैरहवा, भरतपुर, तुम्लिङटार, सिमरालगायत गन्तव्यमा उडान गर्दै आएको छ।

प्रकाशित: Feb 20, 2023| 15:56 सोमबार, फागुन ८, २०७९
प्रतिक्रिया दिनुहोस्